सिमसार पुर्ने खतिवडाको टिप्पर महानगरको नियन्त्रणमा

पाेखरा | फागुन २४, २०८०

सिमसार पुर्ने खतिवडाको टिप्पर महानगरको नियन्त्रणमा

पोखरा:     फेवातालको चार किल्ला भित्रको क्षेत्रमा अवैध गतिविधि नगर्न पटक पटक आग्रह गर्दा समेत अटेर गरी माटो उत्खनन तथा फिलिङ कार्यमा संलग्न व्यवसायी युवराज खतिवडाको ट्रक पोखरा महानगरिय प्रहरी बलले नियन्त्रणमा लिएको छ । 


पोखरा १८ सेदिमा प्रेमराज पहारीको जग्गा पुर्ने कार्यमा प्रयोग गरिएको खतिवडाको ग१ख ८६८७ नं।को ट्रक महानगरिय प्रहरी बलले नियन्त्रणमा लिएको हो । खतिवडाले उक्त ट्रकलाई फेवातालको सिमसार क्षेत्र पुर्ने अवैध कार्यमा समेत पटक पटक प्रयोग गर्दै आएका छन् । उनको यो ट्रक महानगर प्रहरीले कयौँ पटक नियन्त्रणमा लिएको छ । अव उपरान्त अवैध कार्य नगर्ने सर्तनामा गरी उनले महानगरको आर्थिक ऐन अनुसार जरिवाना तिरेर फिर्ता लैजाने गरेका थिए ।


फेवातालको ६५ मिटर भित्रको क्षेत्रमा कुनै पनि संरचनाहरू निर्माण नगर्नरनगराउन सर्वोच्च अदालतले दिएको आदेश बमोजिम प्रदेश सरकारसँगको समन्वयमा महानगरपालिकाले प्राविधिक नापजाँचको काम गरिरहेको छ । 


यसअघि फेवाताल कै चार किल्ला भित्रको क्षेत्रमा माटो पुर्ने अर्का एक जनालाई महानगरपालिकाले रु १० हजार जरिवाना गरेको छ ।

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्